सनको ४ गोलमा ४ असिस्ट गर्ने केनका नाममा दुर्लभ रेकर्ड

काठमाडौं, असोज ४
इंग्लिस क्लब टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनका नाममा प्रिमियर लिग फुटबलमा दुर्लभ रेकर्ड बनेको छ । आज टोटनह्यामले लिगको दोस्रो खेलमा अवे मैदानमा साउथह्यामपटनलाई २–५ ले हराउनेममा ४ असिस्ट र १ गोल गरेका सनका नाममा नयाँ रेकर्ड बनेको हो ।

टोटनह्यामले घरेलु टोलीविरुद्ध कमब्याक जित निकाल्दा दक्षिण कोरियन फरवार्ड सन हेङ मिन एकैले ४ गोल गरेका थिए । उनका ४ वटै गोलमा केनले नै असिस्ट गरेका थिए भने उनले अन्तिम समयमा आफूले पनि १ गोल गरेका थिए । यसरी उनले समग्रमा साउथह्यामपटनविरुद्ध ४ असिस्ट र एक गोलसहित सोझै ५ गोलमा सहभागी भए ।

प्रिमियर लिग इतिहामा एकै खेलमा कुनै एक खेलाडीले ४ गोलमा असिस्ट दिएको यो पहिलोपटक हो । यसअघि कुनै पनि खेलाडीले सिंगल खेलमा ४ असिस्ट गरेका थिएनन् ।

त्यसैगरी, केन प्रिमियर लिगमा एकै खेलमा ५ गोलमा सहभागी हुने पछिल्ला खेलाडी बनेका छन् । पछिल्लोपटक सन् २०१८ मा लिभरपुलका मोहमद सालाहले वाटफोर्डविरुद्ध ४ गोल र १ असिस्ट गरेर ५ गोलमा सहभागी भएका थिए । त्यसैगरी, केन अब प्रिमियर लिगमा एकै खेलमा ४ असिस्ट गर्ने पहिलो इंग्लिस खेलाडी पनि बनेका छन् ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १४:१८
Loading...