कुन बार जन्मिएका मानिसको भाग्य कस्तो ? एकपटक सबैले पढ्नुहोस्

सामान्यतः ज्योतिष शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको ग्रहको प्रभावले त्यो मानिसको स्वभाव र भाग्यमा समेत प्रभाव पर्छ । शास्त्र तथा वैज्ञानिक आधारमा पनि हप्ताका सात दिनका कारक ग्रहहरू फरक–फरक हुन्छन् ।

जसमा आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र । त्यसैगरी, मंलबारको मंगल, बुधबारको बुध, बिहीबारको बृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो ।

यहाँ कुन बार जन्मिएका मानिस कुन र कस्तो स्वभावका हुन्छन् साथै उनीहरूको भाग्य कस्तो हुन्छ भन्नेबारे शास्त्रीय रूपमा चर्चा गरिएको छ ।

आइतबार जन्मिने व्यक्ति :

भाग्यमानी हुन्छन् । लामो आयु भएका हुन्छन् । कम बोल्छन् । कलाकार हुन्छन् । मानसम्मान मिल्छ । धर्मप्रति आस्था राख्नेखालका हुन्छन् । सबैलाई खुसी राख्छन् ।

सोमबार जन्मिने व्यक्ति :

मिजासिलो स्वभावका हुन्छन् । मृदुभाषी हुन्छन् । बहादुर हुुन्छन् । कफ रोगबाट ग्रसित हुन्छन् । सबै सुविधाबाट सम्पन्न हुन्छन् । कलाकार हुन्छन् । मेहनती हुन्छन् ।

मंगलबार जन्मिने व्यक्ति :

उग्र स्वभावका हुन्छन् । विवादमा फस्छन् । छालाको रोगबाट ग्रसित हुन्न् । बहादुर हुन्छन् । रचनात्मक हुन्छन् । प्रायः तनावमा हुन्छन् । नेतृत्व गर्न सक्ने हुन्छन् ।

बुधबार जन्मिने व्यक्ति :

तगडा दिमागका हुन्छन् । मिठो बोल्ने हुन्छन् । बुद्दिको कामबाट लाभ लिन्छन् । चतुर हुुन्छन् । अरूलाई लोभ्याउँछन् । पढाइमा अब्बल हुन्छन् । नेतृत्वमा विशेष गुण हुन्छ । सत्यवादी हुन्छन् । बहुमुखी प्रतिभा भएका हुन्छन् । मित्रवत हुन्छन् । धैर्यवान हुन्छन् । ढिलो सफलता पाउँछन् ।

बिहीबार जन्मने व्यक्ति :

बुद्दिमानी हुन्छन् । धेरै डराउने हुन्छन् । असल मित्र हुन्छन् । भाग्यशाली हुन्छन् । कुनै कुरामा कट्टर हुन्छन् । सधैं खुसी हुन्छन् । असाधारण व्यक्तित्व भएका हुन्छन् ।

शुक्रबार जसन्मने व्यक्ति :

राम्रो प्रवक्ता हुन्छन् । सहनशील हुन्छन् । मुस्किलदेखि डराउँछन् । जीवनमा सफल हुन्छन् । बुद्दिमानी हुन्छन् । समाजमा प्रतिष्ठित हुन्छन् ।

शनिबार जन्मिने व्यक्ति :

कृषि व्यापारबाट लाभ लिन्छन् । रचनात्मक काममा रूचि राख्ने । तनावबाट ग्रसित । मित्रतामा सावधान । घरपरिवारमा सुख । अरूको इष्र्या गर्ने हुन्छन् । जोखिमसँग डराउँछन् ।

प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ०४:५८
Loading...