सिरी ए : सिजनको पहिलो खेलमा नापोलीको सहज जित

काठमाडौं, असोज ४
इटालियन सिरी ए क्लब नापोलीले नयाँ सिजन २०२०–२१ को सुरुआत सुखद् नतिजाका साथ गरेको छ । आज भएको नयाँ सिजनको पहिलो खेलमा उसले पार्मालाई उसकै घरमा ०–२ ले हरायो । अवे मैदानमा भएको खेलमा नापोलीलाई जिताउन स्टार फरवार्डद्वय ड्रिएज मार्टेन्स र लोरेन्जो इन्सिग्नेले १–१ गोल गरे ।

पार्मालाई उसकै घरमा चर्को दबाबमा पारेर खेले पनि नापोलीले पहिलो हाफमा गोल गर्न सकेन । पहिलो हाफमा दुवै टोलीले केही गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । तर, दोस्रो हाफमा नापोलीले नतिजा निकाल्यो । उसका लागि खेलको ६३औं मिनेटमा मार्टेन्सले पहिलो गोेल गरे ।

घरलु टोली पार्मा बराबरी गोलको खोजीमा रहेका बेला ७७औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल थपेपछि खेलमा नापोलीले ०–२ को सहज अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल नापोलीले ०–२ ले जित्यो ।

अब यो जितपछि नापोलीले पहिलो खेलबाटै ३ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । ३ अंक नै भएको फियोरेन्टिना दोस्रोमा छ । युभेन्टसले आजै राति आजै राति आफ्नो खेल खेल्दै छ । यदि सो खेलमा सहज नतिजा निकाले युभेटन्सले शीर्ष स्थान लिनेछ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १२:४०
Loading...