प्रिमियर लिग : टोटनह्याम आज पहिलो जितको खोजीमा

काठमाडौं, असोज ४
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम आज नयाँ सिजनको दोस्रो खेल खेल्दै छ । यसअघि उसले पहिलो खेल आफ्नै घरमा एभर्टनसँग ०–१ ले हारेको थियो । आज ऊ दोस्रो खेल खेल्न साउथह्यामपटनको घरेलु मैदानमा उत्रिँदैछ । अवे मैदानमा हुने यो खेल खेल्दा आज जोसे मोउरिन्होको टोली पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि घरमा भएको पहिलो खेल हारेसँगै टोटनह्यामाथि सुरुआतबाटै दबाब बढेको छ । प्रशिक्षकमाथि थप दबाब छ । नयाँ सिजनका लागि विशेष तयारी गरे पनि सिजनको सुरुआत हारबाट हुँदा टोटनह्यामाथि चर्को दबाब आज हुनेछ । आज ऊ अवे मैदानमा हुने यो खेल जितेर खातामा पहिलो अंक जोड्न चाहन्छ ।

टोटनह्यामले अघिल्लो दिन मात्रै स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा स्टार फरवार्ड ग्यारेथ बेललाई भित्र्याए पनि उनले अझै दुई साता चोटका काण खल्न सक्नेछैनन् । अर्का नयाँ खेलाडी सर्जियो रेगुइलियोनले पनि आजको खेल खेल्नेछैनन् । उनको मेडिकल जाँचसहितका सरुवा प्रक्रिया पूरा हुन बाँकी छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार ०७:२१
Loading...