फिफाको नयाँ वरीयतामा पोर्चुगलको स्थिति सुध्रियो : क्रोएसिया घटुवा

काठमाडौं, असोज १
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरीयताक्रम जारी गरेको छ । आज फिफाले सेप्टेम्बर महिनाका लागि वरीयता जारी गर्दा केही ठूला टोलीको रोलक्रम तलमाथि भएको छ । कोरोना भाइरस महामारीका कारण गत वर्षबाटै स्थगित भएको फिफाको वरीयता यसपटक कोरोनापछि पहिलोपटक परिवर्तित वरीयता सार्वजनिक भएको हो ।

अघिल्लो साता युइएफए नेसन्स लिगअन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगिता चलेपछि फिफाले देशहरूको नयाँ वरीयता सार्वजनिक गरेको हो । नयाँ वरीयताअनुसार नेसन्स लिगमा आफ्ना दुवै खेलमा सहज जित निकालेको पोर्चुगलले आफ्नो स्थितिमा दुई स्थान सुधार गर्दै टप–५ मा उक्लिएको छ । पोर्चुगल यसअघि सातौं स्थानमा थियो । तर, सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसिया भने दुई स्थान घटुवा भएको छ ।

वीयताको शीर्ष स्थानमा यसअघिकै टोली बेल्जियम यथावत रहेको छ । वरीयताको टप–४ मा यसपटक कुनै फेरबदल नभई अघिल्लै वरीयता रहेको छ । हेरौं टप–१० वरीयता :

यसपटक स्वीट्जरल्यान्ड तीन स्थान घटुवा भएर १५औं स्थानमा पुगेको छ । ११औं स्थानमा मेक्सिको, १२औं स्थानमा इटाली, १३औं स्थानमा नेदरल्यान्ड्स, १४औं स्थानमा जर्मनी रहेका छन् । त्यसैगरी डेनमार्क १६औं, चिली १७औं, स्वीडेन १८औं, पोल्यान्ड १९औं र सेनेगल २०औं स्थानमा सेनेगल रहेका छन् । यता, दक्षिण एसियाबाट भारत सबैभन्दा शीर्ष स्थानमा छ । ऊ १०९औं स्थानमा छ । ऊ यसपटक एक स्थान घटुवा भएको हो । नेपाल नयाँ सूचीको १७०औं स्थानमा छ । नेपाल यसअघिकै वरीयतामा यथावत रहेको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०९:३७
Loading...