नयाँ सिजनको तेस्रो खेलमा बल्ल पिएसजीको जित

काठमाडौं, असोज १
फ्रेन्च क्लब पिएसजीले नयाँ सिजन २०२०–२१ मा पहिलो जित दर्ता गरेको छ । गत राति भएको लिगको तेस्रो खेलमा पिएसजीलाई भाग्यले साथ दिँदा बल्लबल्ल जितको स्वाद चाखेको हो । आफ्नो घरेलु मैदानमा पिएसजीले पाहुना टोली मेट्जमाथि १–० को कठिन जित निकाल्यो ।

नेइमार, केलियन एमबाप्पे, माउरो इकार्डीबिनाको पिएसजीलाई जितका लागि १ गोल गर्न इन्जुरी समयसम्म कुर्नुपरेको थियो । प्रतिस्र्पात्धमक खेलमा पिएसजीलाई सिजनको पहिलो जित दिलाउन इन्जुरी समयमा जुलियन ड्रेक्सलरले गोल गरे । यसअघि पिएसजी सुरुआतका दुवै खेलमा हारेको थियो ।

त्यसअघि खेलको ६५औं मिनेटमा पिएसजीका अब्दु डायलो दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाएर मैदान छाडेका थिए । अब यो जितपछि पिएसजीले पहिलो खेल जितेर ३ अंकसहित १५औं स्थानमा चढेको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०२:२६
Loading...