पहिलो हाफमा बार्सिलोना २–० ले अघि

काठमाडौं, भदौ ३१
प्रि–सिजन मैत्रीपूर्णअन्तर्गत अहिले स्पेनिस क्लब बार्सिलोना र जिरोनाको खेल जारी छ । बार्सिलोनाको टिम ‘बी’को घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले जिरोनाविरुद्ध २–० को अग्रता लिएको छ । बार्सिलोनाले पकड जमाएको खेलमा फिलिपे कोउटिन्होले गोल गरे । उनले खेलको २१औं मिनेटमा नयाँ युवा खेलाडी ट्रिनकाओको असिस्टमा बक्स भित्रबाट सहजै गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको अन्तिम समयमा कप्तान लिओनल मेस्सीले फिलिपेको कोउटिन्होको पासमा सुन्दर गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता बनायो । खेलको सुरुआती समयमै कोउटिन्होको एक फ्रि किक प्रहार बारमा लागेर फर्किंदा बार्सिलोना सुरुआतमै अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफमा जिरोनाले दुईपटक मात्रै गोलका अवसर बनायो ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १७:३७
Loading...