लेवान्डोस्की ‘प्लेयर अफ् द सिजन’ घोषित

एजेन्सी, भदौ ३१
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की सिजन २०१९–२० का लागि ‘बार्यन म्युनिख प्लेयर अफ् द सिजन’ घोषित भएका छन् । उनलाई विश्वभरबाट फ्यानहरूले सिजकनै उत्कृष्ट खेलाडीका रूपमा भोटिङबाट छानेका हुन् ।

गत सिजन बार्यनलाई च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जिताउन नायकको भूमिका निभाएका लेवान्डोस्कीले सिजनभरमा कूल ५५ गोल गरेका थिए । उनी बार्यनका तर्फबाट तीनवटै प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका थिए ।

बार्यनले अफिसियल रूपमा जारी गरेको अनलाइन भोटिङको नतिजाअनुसार लेवान्डोस्कीले फ्यानका तर्फबाट बेस्ट खेलाडीका लागि कूल ५१ प्रतिशत मत पाएका छन् । त्यसपछि अल्फोन्सो डेभिजले १६ र थोमस मुलरले १३ प्रतिशत मत पाएका छन् ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १४:५०
Loading...