गोल्डेन ब्वाई अवार्डका लागि टप–४० खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं, भदौ ३१
हरेक वर्ष दिइँदै आएको प्रतिष्ठित गोल्डेन ब्वाई अवार्डका लागि टप–४० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यो अवार्ड विश्वभरबाट २१ वर्षभन्दा कम उमेरका एक सर्वोत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्ड इटालीको प्रतिष्ठित खेल मिडिया ‘टुट्टो स्पोर्ट्स’ले प्रदान गर्ने अवार्ड हो ।

यस अवार्डका लागि यसअघि टप–१०० सूची सार्वजनिक गरेर त्यसबाट ६० जना कटौती गरेर टप–४० को सूची सार्वजनिक गएिको हो । १७ वर्ष अगाडि स्थापना भएको यो अवार्ड विजेतालाई भविष्यका उदीयमान स्टार खेलाडीका रूपमा लिइन्छ । यो अवार्डको पहिलो संस्करण नेदरयान्ड्सका भान डर भार्टले जितेका थिए ।

गत वर्ष यो अवार्ड पोर्चुगल तथा स्पेनिस एथ्लेटिको मड्रिडका जुआओ फेलिक्सले जितेका थिए । यो अवार्ड विगतमा वायने रुनी, लिओनल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरो, पाउल पोग्बा, रहिम स्टर्लिङ केलियन एमबाप्पे, म्याथिस डि लिग्टलगायत खेलाडीले जितेका छन् ।

यसपटक यो अवार्डका लागि नर्वे तथा बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड, डर्टमुन्डकै इंग्लिस स्टार जाडोन सान्चोलाई प्रमुख दाबेदार मानिएको छ । यो अवार्ड एकपटक जितेका खेलाडीलाई दोस्रोपटक दिइँदैन । अब टप–४० बाट टप–२० को सूची निकालेर त्यसबाट विजेता घोषणा गरिनेछ ।

यस्तो छ टप–४० सूची :

Marcos Antonio (Shakhtar Donetsk)

Adil Aouchiche (Saint-Etienne)

Benoit Badiashile (Monaco)

Mitchel Bakker (PSG)

Myron Boadu (AZ)

Dennis Borkowski (RB Leipzig)

Rafael Camacho (Sporting Lisbon)

Eduardo Camavinga (Rennes)

Marco Carnesecchi (Atalanta)

Rayan Cherki (Lyon)

Jonathan David (Lille)

Alphonso Davies (Bayern Munich)

Sergino Dest (Ajax)

Sebastiano Esposito (Inter Milan)

Tomas Esteves (FC Porto)

Ansu Fati (Barcelona)

Phil Foden (Man City)

Amine Gouiri (Nice)

Ryan Gravenberch (Ajax)

Mason Greenwood (Man United)

Erling Haaland (Borussia Dortmund)

Callum Hudson-Odoi (Chelsea)

Mohamed Ihattaren (PSV Eindhoven)

Ozan Kabak (Schalke)

Michal Karbownik (Legia Warsaw)

Dejan Kulusevski (Juventus)

Tanguy Nianzou (Bayern Munich)

Rodrygo (Real Madrid)

Jadon Sancho (Borussia Dortmund)

Bukayo Saka (Arsenal)

Fabio Silva (Wolves)

Vladyslav Supriaha (Dynamo Kiev)

Dominik Szoboszlai (RB Salzburg)

Tomas Tavares (Benfica)

Sandro Tonali (AC Milan)

Ferran Torres (Man City)

Christos Tzolis (PAOK)

Vinicius Jr. (Real Madrid)

Neco Williams (Liverpool)

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १४:०५
Loading...