अउबामेयाङले आर्सनलसँग सम्झौता लम्ब्याए : तलब पनि बढ्यो

एजेन्सी, भदौ ३१
इंग्लिस क्लब आर्सनलका स्टार फरवार्ड पियरे इम्रिक आउबामेयाङले क्लबसँग सम्झौता लम्ब्याएका छन् । मंगलबार उनले क्लबसँग आगामी तीन सिजनका लागि सम्झौता थपेका हुन् । क्लबले यसको औपचारिक पुष्टि गरेको छ ।

नयाँ सम्झौताअनुसार अब अउबामेयाङले आगामी तीन सिजनसम्म प्रतिसाता २ लाख ५० हजार पाउन्ड तलब पाउनेछन् । यससँगै उनी अब जर्मन खेलाडी मेसुट ओजिलपछि सर्वाधिक कमाइ गर्ने दोस्रो खेलाडी बनेका छन् । ओजिलले प्रतिसाता ३ लाख ५० हजार पान्ड कमाइ गर्छन् ।

गत सिजन आर्सनलबाट प्लेयर अफ् द सिजन अवार्ड जितेका उनले सिजनभरमा कूल २९ गोल गरेका थिए । जसमा उनले प्रिमियर लिगमा २२ गोल गरेका थिए । उनलाई लेस्टर सिटीका जिमी भर्डीले १ गोलले पछि पार्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए

अउबामेयाङकै नेतृत्वमा आर्सनलले यस वर्ष एफए कप फुटबलको उपाधि जितिसकेको छ । नयाँ सिजन २०२०–२१ मा आर्सनलले प्रिमियर लिगमा विजयी सुरुआत गर्दै पहिलो खेलबाटै शीर्ष स्थानमा छ । सो खेलमा अउबामेयाङले पनि गोल गरेका थिए ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०७:१०
Loading...