आज बार्सिलोना र जिरोनाको खेल हुँदै

काठमाडौं, भदौ ३१
स्पेनिस फुटबल क्लब बार्सिलोना आज प्रि–सिजनअन्तर्गत दोस्रो खेल खेल्दै छ । उसले नयाँ सिजन २०२०–२१ मा प्रवेश गर्नुअघि आज गत सिजन ला लिगा खेलेको र यसपटक दोस्रो डिभिजनमा रहेको टोली जिरोनाको सामना गर्दैछ । खेल बार्सिलोनाको टिम ‘बी’ को घरेलु मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि बार्सिलोनाले सोही मैदानमा दोस्रो डिभिजनको टोली जिमनास्टिक टारागोनसँग खेलेको थियो । सो खेल बार्सिलोनाले ३–१ ले जितेको थियो । त्यस खेलमा प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो र दोस्रो हाफमा फरक–फरक टिम उतारेका थिए । त्यसपछि आज दोस्रो खेल जिरोनासँग खेल्न लागेको हो ।

जिरोना गत सिजन ला लिगा खेले पनि रेलिगेसनमा परेर तल्लो डिभिजनमै घटुवा भएको थियो । आज उसले गत सिजनको लिग प्रतिस्पर्धीसँग उसकै घरेलु मैदानमा खेल्नेछ । यो खेल बार्सिलोनाको अफिसियल टिभी ‘बार्सा टिभी प्लस’बाट मात्रै लाइभ प्रशारण हुनेछ ।

यो खेल खेलेर बार्सिलोना ३ दिनपछि आफ्नो वार्षिक मैत्रीपूर्ण प्रतियोगिता २०२० को जोआन ग्याम्पर ट्रफीको उपाधिका लागि खेल्नेछ । यसपटक उसले यो खेल यसै सिजन ला लिगामा बढुवा भएको इल्चेसँग खेल्नेछ । त्यसपछि बार्सिलोनाले नयाँ सिजनको थालनी गर्नेछ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०२:५४
Loading...