पियानिचलाई बार्सिलोनामा ८ नम्बर जर्सी

एजेन्सी, भदौ ३०
स्पेनिस बार्सिलोनाका नयाँ खेलाडी मिरेलाम पियानिचलाई ८ नम्बर जर्सी प्रदान गरिएको छ । क्लबले आज घरेलु रंगशालामा बोस्निया एन्ड हर्जगोभिनाका मिडफिल्डरलाई सार्वजनिक गर्दै ८ नम्बर जर्सी प्रदान गरेको हो । यो जर्सी यसअघि ब्राजिलियन अर्थुर मेलोले लगाएका थिए । अर्थुरलाई बार्सिलोनाले इटालियन युभेन्टस पठाएपछि सो जर्सी खाली थियो ।

समर विन्डो खुल्नासाथ बार्सिलोना र युभेन्टसले खेलाडी साटफेर डिल गरेका थिए । जसमा बार्सिलोनाका अर्थुर ७२ मिलियन युरोमा युभेन्टस गएका थिए भने ६५ मिलियन युरोमा पियानिच बार्सिलोना आएका थिए । उता, युभेन्टसमा पियानिचले लगाउने ५ नम्बर जर्सी अर्थुरले पाएका छन् भने बार्सिलोनामा अर्थुरले लगाएको ८ नम्बर जर्सी पियानिचले पाए ।

बार्सिलोनामा ८ नम्बर जर्सीलाई ‘आइडल जर्सी’ मानिन्छ । यो जर्सी यसअघि लिजेन्ड खेलाडी तथा पूर्वकप्तान आन्द्रेस इनिएस्टाले लगाएका थिए । त्यसपछि बार्सिलोनाले सो जर्सी ब्राजिलका युवा स्टार अर्थुरलाई दिएको थियो ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १३:१२
Loading...