प्रिमियर लिगमा चेल्सीको शानदार सुरुआत

काठमाडौं, भदौ ३०
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार विजयी सुरुआत गरेको छ । गत राति भएको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि उसैको घरेलु मैदानमा ३–१ को सहज जित निकाल्यो । अवे मैदानमा चेल्सीलाई जिताउन कप्तान जर्जिन्हो, रिस जेम्स र कर्ट जोउमाले गोल गरे ।

चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएका थियो । नयाँ खेलाडी टिमो वार्नरलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै खेल ०–१ बनाए । ब्राइटनका गोलकिपरल वान भर्सेस वानमा वार्नरलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसपछि खेलको ५४औं मिनेटमा घरेलु टोली ब्राइटन खेलमा फर्कियो । लियान्द्रो ट्रोसार्डले टारिक लाम्पाटको पासमा गोल गर्दै खेल १–१ बनाएका थिए । तर, त्यसको २ मिनेटमै चेल्सीले फेरि गोल हान्यो । ५६औं मिनेटमा रिस जेम्सले गोल गर्दै खल १–२ बनाए । जर्जिन्होको पासमा जेम्सले लामो दूरीबाट हानेको कडा प्रहार गोलरक्षकले बचाउन सकेनन् ।

त्यसछि खेलको ६६औं मिनेटमा चेल्सीका लागि कर्ट जोउमाले गोल गर्दै टोलीलाई जितको बाटो देखाएका थिए । रिस जेम्सको कर्नर पहारमा जोउमाले भली प्रहारमा बललाई जाली चुमाएका थिए । बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल चेल्सीले १–३ ले जित्यो ।

अब यो जितसँगै चेल्सीले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा आर्सनल र दोस्रो स्थानमा लेस्टर सिटी रहेका छन् । पराजित ब्राइटन १६औं स्थानमा छ ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०३:३९
Loading...