प्रिमियर लिग : लेस्टर सिटीद्वारा नयाँ सिजनको शानदार सुरुआत

काठमाडौं, भदौ २८
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नयाँ सिजन २०२०–२१ को शानदार सुरुआत गरेको छ । आज भएको नयाँ सिजनको पहिलो खेलमा लेस्टरले अवे मैदानमा वेस्ट ब्रुमलाई उसैको घरेलु मैदानमा ०–३ ले स्तब्ध बनायो । ब्रुम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको टोली हो ।

ब्रुमलाई उसैको घरमा पराजित गर्नेक्रममा स्टार फरवार्ड जिमी भर्डीले पेनाल्टीमार्फत् २ गोल गरे । पहिलो हाफमा प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो हाफमा लेस्टरका लागि ५६औं मिनेटमा टिमोथी कास्टाग्नेले पहिलो गोल गरेका थिए ।

त्यसपछि लेस्टरले लगातार दुई पेनाल्टी पायो । खेलको ७४औं मिनेटमा भर्डीले पेनाल्टीमार्फत् पहिलो गरे भने ८४औं मिनेटमा दोस्रोपटक उनैले पेनाल्टीमार्फत् गोल गरेपछि लेस्टरले ०–३ ले खेल जित्यो ।

अब यो जितसँगै लेस्टर पहिलो खेल जित्दै लिगको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको लेस्टर लिग लिडर आर्सनलभन्दा पछि परेर दोस्रो स्थानमा छ । पराजित ब्रुम सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १५:०९
Loading...