बार्सिलोनाद्वारा ग्याम्पर ट्रफीका लागि टोली र मिति घोषणा

एजेन्सी, भदौ २८
स्पेनिस फुटबल क्लब बार्सिलोनाले जोआन ग्याम्पर ट्रफी प्रतियोगिताका लागि टोली र मिति घोषणा गरेको छ । उसले आज अफिसियल रूपमा यसपटक सो प्रतियोगिता ला लिगा क्लब इल्चेसँग खेल्ने घोषणा गरेको हो । खेल सेप्टेम्बर १९ तारिखमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

ग्याम्पर ट्रफी बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि मैत्रीपूर्ण प्रतियोगिताका रूपमा आयोजना गर्ने खेल हो । यो प्रतियोगिता बार्सिालोना आफैंले आयोजना गर्छ । उसले यस प्रतियोतिगाका लागि आफूले चाहेको कुनै एक क्लबलाई खेल्न निम्त्याउँछ ।

यसपटक उसले इल्चेसँग ग्याम्पर ट्रफीको उपाधिका लागि खेल्ने भएको हो । इल्चे यसै सिजन तल्लो डिभिजन (सेगुन्डा) बाट ला लिगामा बढुवा भएको टोली हो । बार्सिलोनाले शीर्ष लिगमा बढुवा भएका टोलीसँग मैत्रीपूर्ण प्रतियोतिगा खेल्ने भएको हो ।

गत सिजन यो प्रतियोगिता बार्सिलोनाले इंग्लिस क्लब आर्सनलसँग खेलेको थियो । बार्सिलोनाले पाहुना टोली आर्सनललाई आफ्नो घरमा २–१ ले हराएर उपाधि जितेको थियो ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १२:५०
Loading...