एथ्लेटिकोका प्रशिक्षक सिमोनीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, भदौ २८
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रमुख प्रशिक्षक डिएगो सिमोनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । क्लबले आफ्ना अर्जेन्टिनी म्यानेजरलाई संक्रमण पुष्टि भएको बताएको छ । नयाँ सिजनका लागि प्रशिक्षण थाल्नुअघि गरिएको जाँचमा सिमोनीलाई संक्रमण देखिएको हो ।

५० वर्षीय सिमोनीलाई कोरोनाका कुनै लक्षण भने देखिएको छैन । संक्रमण पुष्टि हुनासाथ उनलाई होम आइसलोसनमा राखेर आवश्यक उपचार थालिएको क्लबले जनाएको छ । उनी कम्तीमा दुई सातासम्म अब घरमै बस्नुपर्ने भएको छ । टोलीले अब उनीबिनै प्रशिक्षण गर्नेछ । ला लिगा सुरु गर्नुअघि एथ्लेटिकोले यही मंगलबार काडिजसँग मैत्रीपूर्ण खेल्ने तालिका छ । त्यसपछि उसले सेप्टेम्बर २७ तारिखमा आफ्नो घरमा ग्रानाडाविरुद्ध खेल्दै सिजनको सुरुआत गर्नेछ ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०९:०२
Loading...