पहिलो हाफमा बार्सिलोनालाई २–१ को अग्रता

काठमाडौं, भदौ २७
प्रि–सिजनअन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा अहिले स्पेनिस ला लिगा टोली बार्सिलोना र दोस्रो डिभिजनको टिम जिमनास्टिक टारागोनाको खेल जारी छ । बार्सिलोनाको दोस्रो टिमको घरेलु रंगाशालमा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–१ को अग्रता लिएको छ ।

बार्सिलोनाले खेल सुरु भएको पाँचौं मिनेटमै उसामान डेम्बेलेको गोलबाट अग्रता लिएको थियो । बक्स भित्रबाट उनले विपक्षी टिमको रक्षापंक्तिलाई चिर्दै गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले खेलको १७औं मिनेटमा पेनाल्टी पायो । सो पेनाल्टी एन्टोनी ग्रीजम्यानले प्रहार गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

तर, खेलको ३१औं मिनेटमा जिमनास्टिकका लागि जाभी बोनिाल्लाले सुन्दर गोल गरे । उनले पोस्ट नजिकैबाट हानेको कडा प्रहारले सोझै जाली चुमपछि खेल २–१ मा पुग्यो । उनको कडा प्रहार रोक्न बार्सिलोनाका गोलकिपरले प्रयाससमेत गर्न पाएनन् ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १७:३६
Loading...