आजदेखि ला लिगाको नयाँ सिजन सुरु : पहिलो दिन तीन खेल हुँदै

काठमाडौं, भदौ २७
स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२०–२१ आजबाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा एबइबार र सेल्टा भिगो आमनेसामने हुँदैछन् । लिग सुरु भएको पहिलो दिन जम्मा तीन खेल हुनेछन् । पहिलो साताको खेलमा कूल ७ खेल मात्रै हुनेछन् ।

च्याम्पियन्स लिगको नकआउट चरण खेलेका टोलीका सुरुआतका खेल पनि स्थगित गरिएका छन् । तसर्थ पहिलो सातामा रियल मड्रिड, बार्सिालोना र एथ्लेटिको मड्रिडका खेल हुनेछैनन् । बाँकी १४ टोलीका ७ खेल भने हुनेछन् ।

आज हुने खेल नेपाली समयअनुसार

इएबार भर्सेस सेल्टा भिगो – राति ७ः४५ बजे
ग्रनाडा भर्सेस एथ्लेटिक बिल्बाओ – राति १०ः१५ बजे
क्याडिज भर्सेस ओसासुना – राति १२ः४५ बजे

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १३:३७
Loading...