च्याम्पियन्स लिगको नयाँ सिजनको ‘ड्र’ र अवार्ड घोषणाबारे जानकारी

काठमाडौं, भदौ २५
युइएफए च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजन २०२०–२१ को समूह चरणको ड्र हुने मिति तय भएको छ । युइएफएले अफिसियल रूपमा जानकारी दिँदै ड्र अक्टोबर १ तारिखमा गर्ने घोषणा गरेको हो । ड्र स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा हुनेछ ।

साथै, युइएफएले सिजन २०१९–२० का लागि दिइने वार्षिक अवार्ड कार्यक्रम पनि सोही दिनका लागि तय गरेको छ । अवार्ड घोषणा र समूह चरणको ड्र एकैदिन हुछ । युरोपा लिगको ड्र भनेको त्यसको एक दिनपछि मात्रै हुनेछ ।

च्याम्पियन्स लिग खेल्ने बाँकी टोलीको छनौटका लागि अहिले प्ले अफ् चरणका खेल जारी छन् । युइएफएले यो बताएको छ कि, अवार्ड घोषणा र ड्र बन्द हलमा हुनेछ । तर, अवार्ड विजेता खेलाडीलाई हलमा उपस्थित गराइनेछ । मिडियाकर्मीलाई पनि हल प्रवेशमा अनुमति दिइनेछैन ।

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०३:५८
Loading...