सिटीका डे ब्रुयानेलाई वर्ष खेलाडीको अवार्ड

काठमाडौं, भदौ २४
इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुयानेले ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन पुरुष वर्ष खेलाडी’ को अवार्ड जितेका छन् । अघिल्लो दिन आयोजकले २९ वर्षका बेल्जियन खेलाडीलाई वर्ष खलाडी घोषित गरेको हो । उनले १९७३–७४ सिजनपछि पहलिोपटक सिटीका खेलाडीका रूपमा यो अवार्ड जिते ।

गत सिजन सिटीले ठूला उपाधि नजिते पनि व्यक्तिगत रूपमा डे ब्रुयानेले उच्च प्रदर्शन गरेका थिए । सिटी प्रिमियर लिगको उपविजेता बनेको थियो च्याम्पियन्स लिगको अन्तिम आठबाटै आउट भएको थियो । उनले गत सिजन प्रिमियर लिगमा २० गोलका लागि असिस्ट गर्दै १३ गोल गरेका थिए ।

यता, लिभरपुलका डिफेन्डर ट्रेन्ट अर्नोल्डले पुरुषतर्फ युवा वर्ष खेलाडीको अवार्ड जिते । म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मार्कुस रासफोर्डले ‘पिएफए मेरिट अवार्ड’ जिते ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०४:२६
Loading...