नेसन्स लिग : डेनर्माकसँग इंग्ल्यान्डको निराशाजनक बराबरी

काठमाडौं, भदौ २४
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा ह्यारी केनको टोली इंग्ल्यान्ड निराशाजनक बराबरीमा रोकिएको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा इंग्ल्यान्ड डेनमार्कसँग उसैको घरमा गोलरहित ०–० मा रोकिएको हो । तुलनात्मक रूपमा कमजोर मानिएको डेनमार्कले आफ्नो भूमिमा उत्कृष्ट रक्षात्मक खेल खेल्दा स्टार खेलाडीले भरिएको इंग्ल्यान्डको फरवार्डलाइनको कुनै सिप चलेल । डेनिस टोलीले इंग्ल्यान्डलाई कुनै बेला पनि खुलेर खेल्ने ठाउँ नै दिएन ।

खेलभरमा डेनमार्कले कूल ११ आक्रमण बुन्दा २ प्रहार सही दिशामा हानेको थियो । यता, प्रमुख खेलाडीसहितको इंग्ल्यान्डले जम्मा ६ प्रहार गर्दा २ प्रहार मात्रै सही दिशामा हानेको थियो । तुलनात्मक रूपमा डेनामार्कले बढी गोलका अवसर बनाएको थियो । अब यो बराबरीपछि इंग्ल्यान्डले २ खेलबाट ४ अंक जोडेको छ । ऊ ग्रुप ‘बी’को दोस्रो स्थानमा छ । ६ अंक भएको बेल्जियम शीर्ष स्थानमा छ । डेनमार्क १ अंकसहित दास्रो स्थानमा रहँदा आइसल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०४:१२
Loading...