१०० गोलको इतिहास रचेको खेलमा रोनाल्डोको शानदार प्रदर्शन : पोर्चुगलको सहज जित

काठमाडौं, भदौ २४
कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुंगा पूरा गर्दा पोर्चुगलले स्वीडेनमाथि एकपक्षीय जित निकालेको छ । युइएफए नेसन्स लिगअन्तर्गत गत राति भएको दोस्रो खेलमा रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गर्दै २ शानदार गोल गर्दा उनले १०० गोलको इतिहास मात्रै रचेनन्, पोर्चुगलले महत्त्वपूर्ण ०–२ को जितसमेत निकाल्न सफल भयो ।

घरेलु टोली स्वीडेन खेलको ४४औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । मिडफिल्डर गुस्ताभ स्भेन्स दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेपछि स्वीडेनले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएका खेलेका थिए । यता, पोर्चुगलका प्रमु खेलाडी मिडफिल्डर बर्नान्डो सिल्भा पहिलो २२औं मिनेटम चोट बोकेर मैदान छाड्दा उनको स्थानमा गोनकालो गुडेस मैदान छिरेका थिए ।

अवे मैदानमा पोर्चुगललाई जिताउन ३५ वर्षीय रोनाल्डो नायक बने । टोलीका लागि २ वटै गोल उनैले गरे । उनले पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा फ्रि किकबाट शानदार गोल गर्दै १०० गोल पूरा गरे । उनले २८ मिटर दूरीबाट हानेको बुलेट फ्रि किक स्वीडेनका गोलकिपरले रोक्न प्रयास गरे पन सकेनन् । रोनाल्डोका लागि सो गोल अन्तर्राष्ट्रिय करिअरको १००औं गोल थियो ।

त्यसपछि दोस्रो हाफको ७२औं मिनेटमा रोनाल्डोले खेलको दोस्रो तथा करिअरको १०१औं अन्तर्राष्ट्रिय गोल पनि हाने । बक्स बाहिरबाट जुआओ फेलिक्सको पासमा उनले हानेको शक्तिशाली प्रहार बुलेट शैलीमा पोस्टको तल्लो बार च्याप्दै जाली चुमेको थियो । उनको सो प्रहारमा गोलकिपरले बचाउन कुनै माएका पाएनन् ।

२ गोल गरेका रोनाल्डोलाई चोटको जोखिमबाट बचाउन खेलको ८१औं मिनेटमा सब्सिच्युट गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभपछि खेल पोर्चुगलले ०–२ दे जित्यो । रोनाल्डोेले पहिलो हाफमा २ गोलका सहज अवसर गुमाएका थिए । तर, उनले दुई कठिन अवस्थाबाट शानदार गोल गरेर आफ्ना गल्ती सुधार गरे ।

अब यो जितपछि साबिक च्याम्पियन लिग ए–समूह ३ को शीर्ष स्थानमा छ । उसले ६ अंक जोड्दो दोस्रो स्थानको फ्रान्सले पनि ६ अंक नै जोडेको छ । तर, गोलअन्तरमा पोर्चुगल अगाडि छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार २०:०२
Loading...