नेसन्स लिग : घरेलु मैदानमा क्रोएसियामाथि फ्रान्सको रोमाञ्चक जित

काठमाडौं, भदौ २४
युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि रोमाञ्चक कमब्याक जित निकालेको छ । सन् २०१८ को विश्वकपका फाइनालिस्ट टोली २ वर्षपछि नेसन्स लिगमा भिड्दा फ्रान्सले पाहुना टोली क्रोएसियालाई आफ्नो घरमा ४–२ ले स्तब्ध बनायो ।

खेलमा कूल ६ गोल भएकोमा फ्रान्सले १ गोल उपहारमा पायो । फ्रान्सका लागि एन्टोनी ग्रीजम्यान, डायोट युपामेकानो र ओलिभर जिरुडले गोल गरे । क्रोएसिायका लागि डेजन लोभ्रेन र जोसिप ब्रेकालोले गोल गरे । क्रोएसियाका डोमिनिक लिभाकोभिचले आत्मघाती गोल गरेका थिए ।

फ्रान्सको घरमा क्रोएसियाले खेलको १६औं मिनेटमा अग्रता लियो थियो । सो गोल डेजनले गरेका थिए । तर, फ्रान्सले ४३औं मिनेटमा ग्रीजम्यानको गोलबाट खेल बराबरीमा ल्यायो । लगत्तै पहिलो हाफको इन्जुरी समयमा त्रोएसियाका लिभाकोभचले आत्मघाती गोल गरेपछि फ्रान्सले खेलमा २–१ को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा पाहुना टोली क्रोएसिया खेलमा फर्कियो । ५५औं मिनेटमा ब्रेकालाले गोल गरेर खेल २–२ को बराबरीमा ल्याएका थिए । तर, त्यसपछि पाहुना टोलीमा खेलमा टिक्न सकेन । ६५औं मिनेटमा फ्रान्समा डायोट युपामेकानोले गोल गरेर खेल ३–२ बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो, जसमा सब्सिच्युट खेलाडी ओलिभर जिरुडले गोल गर्दै फ्रान्सको ४–२ को जित पक्का गरे । अब यो जितपछि फ्रानस लिग ए–समूह ३ को दोस्रो स्थानमा छ । उसले खेलेका दुवै खेल जितेको छ । शीर्ष स्थानमा दुवै खेल जितेको पोर्चुगल ६ अंकसहित रहेको छ । गोलअन्तरमा पोर्चुगल अगाडि छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार २०:०१
Loading...