दुर्लभ कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा !

काठमाडौं, भदौ २४
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्दै नयाँ कीर्तिमान रचेका छन् । ३५ वर्षका रोनाल्डो अब आधुनिक फुबटलमा १०० गोल पूरा गर्ने दोस्रो तथा एक मात्रै सक्रिय खेलाडी बनेका छन् । अर्थात्, यस समयमा खेलिरहेका खेलाडीमध्ये सबैभन्दा धेरै १०० गोल पूरा गर्ने रोनाल्डो एक्ला खेलाडी बनेका छन् । रोनाल्डोपछि दोस्रो स्थानमा सक्रिय सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भारतका कप्तान सुनील क्षेत्री छन् । उनले हालसम्म भारतका लागि कूल ७२ गोल गरेका छन् ।

युइएफए नेसन्स लिग फुटबलको दोस्रो संस्करणअन्तर्गत पोर्चुगलले दोस्रो खेलका रूपमा स्वीडेनविरुद्ध खेलेको खेलमा रोनाल्डोले गोल गर्दै १०० गोलको आँकडा पूरा गरेका हुन् । रोनाल्डोले पहिलो हाफको अन्तिम समयमा फ्र किकबाट सोझै दर्शनीय गोल गर्दै १०० गोल पूरा गरेका हुन् । उनको शक्तिशाली फ्रि किक स्वीडेनका गोलकिपरले रोक्ने मौकै पाएनन् ।

रोनाल्डोले गत वर्ष नै ९९ गोल गरेका थिए । तर, कोरोना भाइरसका कारण लामो समय अन्तर्राष्ट्रिय फुटबल नहुँदा उनले ऐतिहासिक १०० गोलका लागि करिब एक वर्ष नै प्रतीक्षा गर्नुपरेको हो ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १८:४७
Loading...