स्वीडेनविरुद्ध उत्रिने पोर्चुगलको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, भदौ २३
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति साबिक च्याम्पियन पोर्चुगल र स्वीडेनको खेल हुँदैछ । दुवै टोलीले दोस्रो खेल एकअर्काविरुद्ध खेल्न लागेका हुन् । खेल स्वीडेनको घरेलु मैदानमा नेपाली समयअनुसार ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

सो खेलका लागि पोर्चुगलको प्लेइङ–११ घोषणा भएको छ । आज स्वीडेनविरुद्ध यसअघि चोटका कारण टोलीमा नरहेका कप्तान क्रिस्टियानो रोनाल्डोसहितको टोली उत्रिने भएको छ । हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा ९९ गोल गरिसकेका रोनाल्डो आज स्वीडेनविरुद्धको खेलबाट १०० गोलको आँकडा पूरा गर्ने दाउमा छन् ।

XI #Portugal: Anthony Lopes; João Cancelo, Pepe, Rúben Dias, Guerreiro; Danilo, João Moutinho, Bernardo Silva, Bruno Fernandes; João Félix, Cristiano Ronaldo.

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १७:३०
Loading...