२४ घन्टामा २२ सय ८७ जना कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, भदौ २३
नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा कोभिड उपचार केन्द्रबाट २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी, २४ घन्टामा देशभरमा कूल ९०२ जना नयाँ संक्रमित पनि थपिएका छन् । देशभरमा १० हजार ६ सय ११ जनाको पिसिआर जाँच गर्दा ९०२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अब नेपालमा संक्रतिको कूल संख्या ४८ हजार १३८ पुगेको छ । त्यसमध्ये ३०६ जनाको ज्यान गएको छ । ३२ हजार ९ सय ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ११:०७
Loading...