रियल मड्रिडमा रामोसको १५ वर्ष पूरा : तथ्यांकमा हेरौं

एजेन्सी, भदौ २३
स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोस रियल मड्रिडमा अनुबन्ध भएको आज ठीक १५ वर्ष भएको छ । १५ वर्षअघि उनी आजकै दिन स्पेनकै क्लब सेभिल्लाबाट रियलमा अनुबन्ध भएका थिए । त्यसयता स्पेनिस खेलाडी रामोस लगातार रियलमा एक प्रमुख खेलाडीका रूपमा रहँदै आएका छन् ।

रियलमा १५ वर्ष बिताउनेक्रममा रामोसले थुप्रै अपत्यारिला सफलता पाएका छन् । उनको कप्तानीमा रियलले च्याम्पियन्स लिगमा ऐतिहासिक ह्याट्रिक उपाधि जित्यो । सो यात्रामा रामोसको भूमिका र योगदान महत्त्वपूर्ण रह्यो । सिजन २०१५–१६ मा च्याम्पियन्स लिगको फाइनल रामोसका लागि झनै विशेष थियो । एथ्लेटिको मड्रिडसँग फाइनल खेलमा १–० ले हारको मुखमा पुगेका बेला रामोसले नै इन्जुरी समयमा बराबरी गोल गरेपछि रियलले खेललाई थप समयमा लगेर उपाधि जितेको थियो ।

सो वर्ष उपाधि जितेपछि रियलले त्यसपछिका दुई सिजन लगातार च्याम्पियन्स लिग जित्यो । यी सबै यात्रामा रामोस टोलीका प्रमुख हिस्सा थिए । कठिन स्थितिमा पनि रियललाई नेतृत्व दिने उनी पोजिसनका हिसाबले एक डिफेन्डर भए पनि सधैं गोलकर्ता खेलाडी बनेर टोलीलाई लिड गरे ।

सिजन २०१८–१९ सकिएपछि रियलसँग रामोसको सम्बन्ध चिसिए पनि अन्ततः उनी रियलमै रहे । उनले अझै दुई सिजन रियलमै बिताउने सम्भावना । उमेरले ३४ पुगेका उनी अझै पनि प्रशिक्षक जिनेदिन जिदानका लागि एक प्रमुख अस्त्र हुन् ।

रियलको सेतो जर्सीमा १५ वर्ष बिताउनेक्रममा रामोसले थुप्रै कीर्तिमान बनाएका छन् । उनी ला लिगा र च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा बढी गोल गर्ने डिफेन्डर हुन् भने रियलका तर्फबाट च्याम्पियन्स लिग ला लिगामा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् ।

१५ वर्ष रियलमा बिताएका रामोसले हालसम्म क्लबका लागि ६५० खेल खेल्दै ९७ गोल गरेका छन् । उनी अब रियलका लागि १०० गोल गर्नबाट मात्रै ३ गोलले टाढा छन् । यीसमध्ये उनले ला लिगामा ४५४ खेलबाट ७० गोल गरेका छन् भने च्याम्पियन्स लिगमा १२४ खेलबाट १३ गोल गरेका छन् । उनले आफ्नो करिअर दौरान कूल २२ उपाधि जितेका छन् । उनले आफ्नो करिअर कूल ८७२ खेलबाट दौरान १२३ गोल गरेका छन् ।

रामोसले जितेका उपाधिको विवरण तल हेरौं :

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ११:०१
Loading...