रसिया विश्वकपका फाइनालिस्ट फ्रान्स र क्रोएसिया आज राति भिड्दै

काठमाडौं, भदौ २३
युइएफए नेसन्स लिग फुटबलमा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ फ्रान्स र क्रोएसिया आमनेसामने हुँदैछन् । यी दुई टोली पछिल्लोपटक सन् २०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा उपाधिका लागि भिडेका थिए, जहाँ फ्रान्सले क्रोएसियालई ४–२ ले हराएर उपाधि जितेको थियो ।

विश्व फुटबलका दुई बलिया टोली २ वर्षपछि आज राति नेसन्स लिगमा पुनः आमनेसामने हुन लागेका हुन् । यो खेलका लागि फ्रान्सले क्रोएसियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको क्रोएसिया यसअघि पोर्चुगलसँग ४–१ ले हारेको थियो । ऊ अंकविहीन अवस्थामा सबैभन्दा पुछारमा छ । फ्रान्स ३ अंकसहित दोस्रो स्थानमा छ । पोर्चुगल शीर्ष स्थानमा छ । आज आफ्नो घरमा खेल्न लागेको फ्रान्सले यसअघि फ्रान्सले स्वीडेनलाई ०–१ ले हराएको थियो ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०९:२६
Loading...