नेसन्स लिग खेलिरहेका एमबाप्पेलाई कोरोना संक्रमण

एजेन्सी, भदौ २३
फ्रान्सको राष्ट्रिय टोली तथा पिएसजीका युवा फरवार्ड केलिएन एबाप्पेलाई कोरोना भाइरसको संक्रमण भएको छ । हाल नेसन्स लिग खेल्ने फ्रान्सको टोलीमा रहेका २१ वर्षीय खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

फ्रान्स फुटबल संघले अन्तर्राष्ट्रिय ड्युटीमा रहेकै बेला एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसघि पिएसजीका नेइमार, माउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किनहससहितका खेलाडीलाई कोरोना संक्रमण भएर उपचारक्रममा छन् ।

यसअघि गत शनिबार मात्रै फ्रान्सले स्वीडेनविरुद्ध खेल्दा एमबाप्पे सुरुआतमै खेलेका थिए । फ्रान्सले १–० ले जितेको सो खेलमा एमबाप्पेले नै टिमका लागि विजयी गोल गरेका थिए ।

कोरोना संक्रमण भएसँगै एमबाप्पेले आज राति आफ्नो भूमिमा क्रोएसियाविरुद्ध हुने खेल गुमाउने भएका छन् । साथै, उनले फ्रेन्च लिग वानमा सुरुआतका दुई खेल पनि गुमाउने छन् । एमबाप्पे कम्तीमा दुई साता होम–आइसोलेसनमा बस्नुपर्ने छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०८:५३
Loading...