क्लब फर्किएका मेस्सीले प्रशिक्षण थाले

एजेन्सी, भदौ २२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सी प्रशिक्षणा फर्किएका छन् । आज सोमबारदेखि उनले क्लबको ट्रेनिङ सेन्टर पुगेर प्रशिक्षण थालेका हुन् । क्लब छाड्ने निर्णय गरेर घरमै बसिरहेका मेस्सीले अन्तिम समयमा निर्णय फिर्ता लिँदै क्लबको कार्यक्रममा फर्किएका हुन् ।

अघिल्लो साता क्लब छाड्ने निर्णय क्ललबाई फ्याक्स गरेर घरमै बसेका मेस्सीले क्लबको निर्धारित मितिमा कोरोना भाइरसको जाँच, नियमित स्वास्थ्य जाँचसमेत गराएका थिएनन् । तर, विभिन्न घटनाक्रम विकास हुँदै गएपछि अन्ततः अर्जेन्टिनी फरवार्डले बार्सिलोनामै रहने एक अन्तर्वार्तामा घोषणा गरेका थिए । त्यसको २ दिनपछि उनी क्लब फर्किएका हुन् ।

आतबार मेस्सीले आफ्नै घरमै कोरोना भाइरसको (पिसिआर) जाँच गराएका थिए । रिपोर्ट नेगेटिभ आएपछि उनी आज नियमित स्वास्थ्य जाँच गराएर प्रशिक्षणमा सामेल भएका हुन् । क्लब बार्सिलोनाले अफिसियल रूपमा मेस्सीले प्रशिक्षण गर्दै गरेको तस्बिर पोस्ट गरेर यसको जानकारी दिएको छ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १६:३५
Loading...