नेसन्स लिगमा आज नेदरल्यान्ड्स र इटालीको भिडन्त हुँदै

काठमाडौं, भदौ २२
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ युरोपका हेभिवेट टोलीहरू नेदरल्यान्ड्स र इटाली आमनेसामने हुँदैछन् । समूह चरणअन्तर्गत दोस्रो खेलमा यी दुई ठूला टोली भिड्न लागेका हुन् । खेल नेदरल्यान्ड्सको घरेलु भूमिमा नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

यी दुई टोली लिग एक–समूह १ मा छन् । पहिलो खेलपछि हाल अंक तालिकामा नेदरल्यान्ड्स स्पष्ट जित निकालेर शीर्ष स्थानमा छन् । उसले यसअघि पोल्यान्डलाई हराएको थियो । यसअघिको खेलमा बराबरी खेलेका बोस्निया एन्ड हर्जगोभिना र इटाली समान १–१ अंकसहित दोस्रो र दोस्रो स्थानमा छन् ।

समूह विजेता बन्न नेदरल्यान्ड्सका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । आफ्नो घरमा इटालीलाई स्वागत गर्दा उसले स्पष्ट ३ अंक जोडेर ६ अंकसहित ग्रुप लिडर बन्ने दाउमा छ । यदि इटाली विजयी भए ऊ ग्रप लिडर बन्नेछ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०९:५५
Loading...