सिटीका २ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी, भदौ २२
इंग्लिस क्लब म्यानचेस्टर सिटीका २ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लब सिटीले आज अफिसियल रूपमा जानकारी दिँदै सिनियर टोलीका एर्मेरिक लोपेर्टो र रियाद महारेजमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

फ्रान्सका २६ वर्षीय लोपेर्टो र अल्जेरियाका २९ वर्षीय महारेज बिदा मनाएर क्लब फर्किएपछि कोरोना जाँच गरेकोमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो । क्लबले दुवै खेलाडीको अवस्था अहिले सामान्य रहेको र उनीहरूको होम आइसोलेसनमा उपचार चलिरहेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल ५ दिनपछि बाट सुरु हुँदैछ । तर, च्याम्पियन्स लिग खेल्ने टोलीका सुरुआती एक खेल भने स्थगित भएका छन् । सिटीले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ तारिखमा उल्भ्ससँग खेल्नेछ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०९:२५
Loading...