क्रोएसियाविरुद्धको खेल गुमाएका रोनाल्डो प्रशिक्षणमा फर्किए

काठमाडौं, भदौ २१
पोर्चुगलका कप्तान तथा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । युइएफए नेसन्स लिग फुटबलमा समूह चरणको दोस्रो खेल खेल्नुअघि रोनाल्डो समूहसँगै प्रशिक्षणमा फर्किएका हुन् । उनले हिजो भएको क्रोएसियाविरुद्धको खेल चोटका कारण गुमाएका थिए । त्यसको भोलिपल्टबाटै उनले प्रशिक्षमा गर्न थालेका हुन् ।

रोनाल्डोको खुट्टाको औांलमा सामान्य संक्रमण देखिएपछि उनलाई सो खेलमा खेलाइएको थिएन । खेलपछि प्रशिक्षक फर्नान्डो सान्तोषले मिडियासँग कुरा गर्दै रोनाल्डो घाइते नभएको जानकारी दिँदै उनी दोस्रो खेलमा ठीकठाक मैदान उत्रिने बताए ।

गत राति भएको पहिलो खेलमा रोनाल्डोबिनाको पोर्चुगलले क्रोएसियालाई ४–१ गोलअन्तरले हराएको थियो । अब ३ दिनपछि पोर्चुगलले स्वीडेनसँग उसकै भूमिमा दोस्रो खेल खेल्दै छ । सो खेलमा रोनाल्डो खेल्ने पक्का छ । रोनाल्डो सो खेलबाट अन्तर्राष्ट्रिय मञ्चमा १०० गोल गर्ने प्रतीक्षामा छन् ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १६:१४
Loading...