२४ घन्टामा १८१४ जना कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, भदौ २१
नेपालमा पछिल्लो २४ घन्टाका बीचमा १८ सयभन्दा बढीले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घन्टाका बीचमा देशका विभिन्न असस्पताल तथा आइसोलेसन सेन्टरबाट उपचारपछि १ हजार ८ सय १४ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सोही अवधिमा देशभरिमा ९८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरमा कूल १० हजार ३ सय ८२ जनाको जाँचा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । जसमा २९० जना महिला र ६९०जना पुरुष रहेका छन् ।

अब नेपालमा संक्रमितको कूल संख्या ४६ हजार १ सय ५७ पुगेको छ । जसमा २ सय ८९ जनाको ज्यान गएको छ । त्यसैगरी, उपचारपछि निको भएर घर फर्किनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ११:१२
Loading...