लिभरपुलले विज्नाल्डुमका लागि तोक्यो मूल्य र ‘कडा सर्त’हरू

एजेन्सी, भदौ २१
इंग्लिस क्लब लिभरपुलले आफ्ना खेलाडी जर्जिनो विज्नाल्डुम अनुबन्ध गर्न लागिपरेको स्पेनिस बार्सिलोनालाई आफ्नो मूल्य र सर्तहरू पठाएको छ । इंग्लिस मिडियाका अनुसार लिभरपुलले २९ वर्षका डच मिडफिल्डरलाई लैजान बार्सिलोनाका लगि मात्रै १५ मिलियन पाउन्ड मूल्य तोकेको छ ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएमाले आफ्नै देशका खेलाडी विज्नाल्डुमलाई नयाँ सिजनअघि नै भित्र्याउन चाहेपछि बार्सिलोना त्यसका लागि तयार देखिएको छ । कोएमानले राष्ट्रिय टोलीमा सँगै काम गरेका खेलाडीसँग क्लबमा पनि साँगै काम गर्न चाहेका छन् । विज्नाल्डुम उनै खेलाडी हुन्, जसले अघिल्लो सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा लिभरपुलले बार्सिलोनालाई ४–० ले हराउँदा२ गोल गरेका थिए ।

आक्रामक खेल शैलीका विज्नाल्डुमको अनुबन्धपछि बार्सिलोनाको आक्रमणलाइन थप धारिलो बन्ने अपेक्षा गरिएको छ । लिभरपुलले विज्नाल्डुमका लागि १५ मिलियन पाउन्ड मूल्य कायम गरेको छ । त्यसैगरी, दुई सिजनभित्र विज्नाल्डुमले च्याम्पियन्स लिग जिते त्यसबापत ८ मिलियन, ला लिगासहित दुई उपाधि जित्दा ४ मिलियन युरो र व्यक्तिगत सफलताका आधारमा थप २ मिलियन युरो बोनस रकमको सर्त राखेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०६:४३
Loading...