नेसन्स लिगमा आज तीन रोमाञ्चक खेलहरू हुँदै

काठमाडौं, भदौ २१
युइएफए नेसन्स लिग फुटबलमा आजदेखि समूह चरणमा दोस्रो चरणका खेल सुरु हुँदैछन् । यसअघि सबै टिमले एक–एक खेल खेलिसकेका छन् । आज राति जम्मा १० खेल हुँदैछन् । आज हुने १० खेलमध्ये केही ठूला टोलीका रोमाञ्चक खेलहरू हुँदैछन् ।

जसमा ग्यारेथ बेलको टोली वेल्सले बुल्गेरियाको सामना गर्नेछ । हंगेरी र रसियाको खेल पनि हेर्नलायक हुनेछ । आज हुने खेलमा स्वीट्जरल्यान्ड र जर्मनीको खेल सबैभन्दा रोमाञ्चक हुनेछ । त्यस्तै, स्पेन र युक्रेनको खेल पनि रोमाञ्चक हुनेछ ।

आजका खेल नेपाली समयमा :

  1. आन्डोरा भर्सेस फारोए आइसल्यान्ड – साँझ ६ः४५ बजे
  2. वेल्स भर्सेस बुल्गेरिया – साँझ ६ः४५ बजे
  3. आयरल्यान्ड भर्सेस फिनल्यान्ड – राति ९ः४५ बजे
  4. स्लाभेनिया भर्सेस माल्डोभा – राति ९ः४५ बजे
  5. हंगेरी भर्सेस रसिया – राति ९ः४५ बजे
  6. माल्टा भर्सेस लाटभिया – राति १२ः३० बजे
  7. कोसोभो भर्सेस ग्रीस – राति १२ः३० बजे
  8. स्वीट्जरल्यान्ड भर्सेस जर्मनी – राति १२ः३० बजे
  9. सर्बिया भर्सेस टर्की – राति १२ः३० बजे
  10. स्पेन भर्सेस युक्रेन – राति १२ः३० बजे

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०४:५२
Loading...