नेसन्स लिग : डेनमार्कमाथि बेल्जियमको सहज जित

काठमाडौं, भदौ २१
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा बेल्जियमले सहज जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत गत राति भएको आफ्नो पहिलो खेलमा बेल्जियमले डेनमार्कलाई उसैको भूमिमा ०–२ ले हरायो । बेल्जियन टोलीमा इडेन हाजार्ड, केभिन डे ब्रुयानेसहितका प्रमुख खेलाडी थिएनन् ।

बेल्जियमका लागि खेलको नवौं मिनेटमा जासन डेनाएरले पहिलो गोल गरेका थिए । सोही गोलको मदतमा बेल्जियमले पहिलो हाफमा ०–१ को अग्रता बनायो । त्यसछि खेलको ७६औं मिनेटमा स्टार फरवार्ड ड्रिएस मार्टेन्सले गोल गरेपछि बेल्जियमले खेल ०–२ ले जित्यो ।

यो जितपछि बेल्जियम लिग ए समूह २ मा ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । ३ अंक नै रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ । पराजित आइसल्यान्ड र डेनमार्क अंकविहीन हुँदै पुछारमा छन् ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०१:५६
Loading...