नेसन्स लिग : इटाली बराबरीमा रोकियो

काठमाडौं, भदौ २०
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा इटाली पहिलो खेलमा बराबरीमा रोकिएको छ । गत राति भएको समूह ‘ए’अन्तर्गतको आफ्नो पहिलो खेलमा इटालीलाई उसकै भूमिमा बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरीमा रोक्न सफल भयो ।

प्रतिस्पर्धात्मक खेलमा इटालीले पछि परेको स्थितिमा गोल गरेर बराबरी नतिजा निकालेको हो । खेलको ५७औं मिनेटमा बोस्नियाका लागि इडेन जेकोले गोल गरेर इटालीलाई १–० ले पति परेका थिए । तर, गोल खाएको १० मिनेटपछि नै इटालीका लागि स्टेफानो सेन्सीले गोल गर्दै खेल बराबरी बनाए ।

त्यसपछि बाँकी समय र इन्जुरी समयमा समेत दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा टुंगियो । अब यस समूहमा नेदरल्यान्ड्स स्पष्ट जितेर ३ अंकसहित शीर्ष स्थानमा छ । बोस्निया र इटाली १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०२:०३
Loading...