‘फिफा पुस्कास अवार्ड’को मनोनयन सार्वजनिक : कसले जित्ला ?

एजेन्सी, भदौ ३
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष २०१९ को पुस्कास अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको टप–१० सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीदेखि हाल अमेरिकन क्लबबाट खेलिरहेका स्वीडेनका खेलाडी ज्लाटन इब्राहिमोभिचसमेत परेका छन् ।

फिफाले यो अवार्डका हरेक वर्ष देश वा क्लब सबैखाले प्रतियोगितामा उत्कृष्ट गोल गर्ने एक खेलाडीलाई प्रदान गर्ने गर्छ ।

यो अवार्ड सन् २००९ बाट दिन थालिएको हो । यो अवार्ड हंगेरीका लिजेन्ड खेलाडी तथा राष्ट्रिय टिमका पूर्वकप्तान फेरेन्क पुस्कासका नामबाट स्थापना गरिएको हो ।

सार्वजनिक टप–१० सूचीबाट फुटबल समर्थकहरूको भोटका आधारमा अन्तिम ३ जनाको नाम सार्वजनिक गरिन्छ । त्यसमा फिफाको समेत मूल्यांकन गरेर विजेता घोषणा गरिन्छ । अवार्डको घोषण अर्को महिना हुनेछ ।

टप–१० सूची :

  1. लिओनल मेस्सी (अर्जेन्टिना)
  2. ज्लाटन इब्राहिमोभिच (स्वीडेन)
  3. माथिउस कुन्हा (ब्राजिल)
  4. अजारा नोउट (क्यामरुन)
  5. फाबियो क्वाग्लिएरिल्ला (इटाली)
  6. जुवान फर्नान्डो (कोलम्बिया)
  7. एमी रोड्रिग्वेज (अमेरिका)
  8. बिल्ले सिम्प्सन (उत्तरी आयरल्यान्ड)
  9. एड्रोस टुवासेन्ड (इंग्ल्यान्ड)
  10. ड्यानिएल सोरी (रोमानिया)

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०९:००
Loading...