नेसन्स लिग : लेवान्डोस्कीबिनाको पोल्यान्डलाई नेदरल्यान्ड्सले हरायो

काठमाडौं, भदौ २०
युइएफए नेन्स लिग फुटबल प्रतियोगितामा साबिक उपविजेता नेदरल्यान्ड्सले दोस्रो संस्करणको पहिलो खेलमा सुखद् नतिजा निकालेको छ । गत राति भएको खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली पोल्यान्डलाई १–० को साँघुरो अन्तरले हरायो ।

प्रमुख खेलाडी रोवर्ट लेवान्डोस्कीबिनै उत्रिएको पोलिस टिमविरुद्ध नेदरल्यान्ड्सले आक्रामक खेल खेले पनि १ भन्दा बढी गोल गर्न सकेन । उसका लागि १ मात्रै विजयी गोल खेलको ६१औं मिनेटमा स्टेभेन बर्गविज्नले गरेका थिए । सो गोलपछि खेलभरि नै थप गोल नहुँदा खेल नेदरल्यान्ड्सले जित्यो ।

खेलभरिमा नेदरल्यान्ड्सले पोल्यान्डको पोस्टमा कूल १४ पटक आक्रमण गर्दा ४ पटक अन टार्गेट होनको थियो । तर, पोल्याल्डले भने कूल २ पटक मात्रै आक्रमण बुन्दा मात्रै एकपटक सही दिशामा हानेको थियो ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०१:४९
Loading...