नेसन्स लिगमा आज नेदरल्यान्ड्स र पोल्यान्डको रोमाञ्चक खेल हुँदै

काठमाडौं, भदौ १९
हिजोबाट सुरु भएको युइएफए नेसन्स लिग फुटबल प्रतियोतिगामा आज दोस्रो दिन कूल ८ खेल हुँदैछन् । आज हुने खेलमध्ये केही ठूला टोलीका खेल पनि हुँदैछन् । यी खेलमध्ये सबैभन्दा आकर्षणको खेलमा भर्जिल भान डाइकको टोली नेदरल्यान्ड्स र रोवर्ट लेवान्डोस्कीको टोली पोल्यान्ड आमनेसामने हुँदैछन् ।

त्यस्तै, आजै हुने अर्को खेलमा इटाली र बोस्निया एन्ड हर्जगोभिानाको खेल पनि हुँदैछ । यो खेल पनि हेर्नलायक खेल हुनेछ । नर्वे र अस्ट्रियाको खेल पनि आजै राति हुनेछ । हिजो एकैदिन १० खेल भइसकेका छन् ।

आज हुने खेल नेपाली समयमा

  1. लिथुनिया भर्सेस काजकिस्तान – राति ९ः४५ बजे
  2. नर्वे भर्सेस अस्ट्रिया – राति १२ः३० बजे
  3. इटाली भर्सेस बोस्निया एन्ड हर्जगोभिना – राति १२ः३० बजे
  4. स्कटल्यान्ड भर्सेस इजरायल – राति १२ः३० बजे
  5. स्लोभाकिया भर्सेस चेक रिपब्लिक – राति १२ः३० बजे
  6. बेलारुस भर्सेस अल्बानिया – राति १२ः३० बजे
  7. रोमानिया भर्सेस नर्दन आयरल्यान्ड – राति १२ः३० बजे
  8. नेदरल्यान्ड्स भर्सेस पोल्यान्ड – राति १२ः३० बजे

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १४:५९
Loading...