युइएफए नेसन्स लिग फुटबल : यसरी हेर्नुहोस् लाइभ

काठमाडौं, भदौ १८
युरोपियन देशहरूले प्रतिस्पर्धा गर्ने युइएफए नेसन्स लिग फुटबलको नयाँ तथा दोस्रो संस्कण आज रातिबाट सुरु हुँदैछ । आज पहिलो दिन विभिन्न १० खेल हुन गइरहेका छन् । आज हुने खेलमध्ये सबैभन्दा प्रतीक्षाको खेलमा पूर्वविश्वच्याम्पियन टोलीहरू जर्मनी र स्पेनको रोमाञ्चक खेल नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

युरोपमा नयाँ सिजनको क्लब फुटबल सुरु हुनुअघि सुरु हुन लागेको नेसन्स लिगको नयाँ संस्करणको यस चरणमा हरेक देशले दुई–दुई खेल मात्रै खेल्नेछन् । त्यसपछि विश्राम भएर क्लब फुटबलमा नयाँ सिजन सुरु हुनेछ ।

लाइभ कसरी हेर्ने ?

नेसन्स लिग युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएअन्तर्गतको प्रतियोगिता भएकाले यो विश्वभर टिभी–च्यानलहरूमा प्रशारण हुनेछ । भारतसहित सब–कन्टिनेन्ट क्षेत्रमा यी खेल सोनी नेटवर्कअन्तर्गतका विभिन्न च्यानलबाट लाइभ प्रशारण हुनेछ । नेपालमा यी खेल सोनी टेन वान एचडी र सोनी टेन टु एचडी च्यानलबाट लाइभ प्रशारण हुनेछ । यो प्रतियोगिता अफिसियल रूपमा फेसबुकबाट प्रशारण हुँदैन ।

तर, विभिन्न अधिकारप्राप्त मोबाइल एप्सहरूले यो प्रतियोगिता देखाउनेछन् । तीमध्ये Wow Sports Live र Vola Sports नामक मोइबाल एप एक सहज विकल्प हो । यसलाई गुगल ब्राउजरबाट डाउनलोड गर्नुपर्छ ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १३:१७
Loading...