नेइमारसहित पिएसजीका ३ प्रमुख खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, भदौ १७
फ्रेन्च क्लब पिएसजीका ३ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ । फ्रेन्च मिडियाहरूका अनुसार नेइमार, एन्जल डि मारियार लियान्द्रो पाराडेसमा कोरोना संक्रण्ण देखिएको हो । नयाँ सिजनको मुखमा टोलीका प्रमुख खेलाडीमा कोरोना देखिँदा पिएसजीको समस्या बढेको छ ।

अब यी कोरोना संक्रमित ३ जनै खेलाडी कम्तीमा दुई सातासम्म होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । यसअघि पिएसजीले आफ्ना ३ जना खेलाडीमा कोरोना देखिएपछि ती को–को खेलाडी हुन् भन्ने नाम खुलाएको थिएन ।

आफ्ना प्रमुख खेलाडीमा कोरोना देखिएपछि पिएसजीले फ्रान्स फुटबल संघसँग लिग वान केही समय पर सार्न अनुरोध गरेको छ । लिगको पहिलो खेल पिएसजीले सेप्टेम्बर १० मा लेन्ससँग अवे मैदानमा खेल्ने तालिका छ ।

च्याम्पियन्स लिगको फाइनल खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले हारेपछि नेइमारसहितका खेलाडी बिदामा गएका थिए । बिदामै रहेका बेला खेलाडीलाई कोरोना संक्रमण भएको बताइएको छ ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १४:११
Loading...