सिरी ए : नयाँ सिजनको खेल तालिका सार्वजनिक

काठमाडौं, भदौ १७
इटालीको शीर्ष फुटबल लिग ‘सिरी ए’ अन्तर्गत नयाँ सिजन २०२०–२१ को खेल तालिका सार्वजनिक भएको छ । आज इटालियन फुटबल संघले नयाँ सिजनका लागि खेल तालिका घोषणा गरेको हो । नयाँ सिजन सेप्टेम्बर १९ तारिखबाट सुरु भएर अर्को वर्ष २०२१ को मे २३ तारिखमा सकिनेछ ।

लिगले अफिसियल रूपमा सार्वजनिक गरेको तालिकाअनुसार नयाँ सिजनको पहिलो खेल बेनेभेन्टो र इन्टर मिलानबीच हुनेछ । बेनेभेन्टो दोस्रो श्रेणीबाट शीर्ष डिभिजनमा उक्लिएको टोली हो ।

सिजनको आफ्नो पहिलो खेलमा साबिक च्याम्पियन युभेन्टसले साम्पडोयिासँग खेल्दा लाजियोले पहिलो खेलमै एटलान्टाको सामना गर्नेछ । त्यसैगरी, एसी मिलानले पहिलो खेल बोलोग्नासँग खेल्दा नापोलीले पहिलो खेल पार्मासँग खेल्नेछ । रोमाले पहिलो खेल हेल्लास भेरोनासँग खेल्नेछ ।

सिजनका ठूला खेलका रूपमा लिइने खेलहरूमा एसी मिलान र युभेन्टसको पहिलो लेगको खेल जनवरी ६ तारिखमा हुँदा दोस्रो लेग मे ९ मा हुनेछ । इन्टर मिलान र युभेन्टसको पहिलो लेगको खेल जनवरी १७ मा हुँदा दोस्रो लेग मे १६ मा हुनेछ । एसी मिलान र इन्टर मिलानको पहिलो लेग अक्टोबर १८ मा हुँदा दोस्रो लेग फेब्रअरी २१ मा हुनेछ । लाजियो र रोमाको पहिलो लेग जनवरी १७ मा हुँदा दोस्रो लेग मे १६ मा हुनेछ ।

यस्तो छ खेल तालिका :

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १०:५७
Loading...