बार्सिलोनाको आक्रमण लाइन चोटले थलियो : डेम्बेले पनि घाइते !

एजेन्सी, भदौ ३
स्पेनिस बार्सिलोनाका खेलाडी एकपछि अर्को गर्दै घाइते भएका छन् । कप्तान लिओनल मेस्सी र लुइस स्वारेज चोटसँग जुधिरहेका बेला फ्रेन्च विंगर उसामान डेम्बेले पनि घाइते भएका हुन् ।

क्लब बार्सिलोनाले अफिसियल विज्ञप्ति जारी गर्दै डेम्बेले अघिल्लो दिन प्रशिक्षणक्रममा घाइते भएको पुष्टि गरेको छ । डेम्बेले देब्रे खुट्टाको हार्मस्ट्रिङबाट पीडित भएको क्लबले जनाएको छ ।

यससँगै टोलीको आक्रमण लाइनका प्रमुख खेलाडी उनी कम्तीमा डेढ महिना मैदानबाहिर रहनेछन् । रिकभरीमा शीघ्र प्रगति नभए उनी दुई महिनासम्म पनि मैदानबाहिर रहनेछन् ।

यसअघि कप्तान मेस्सी घाइते भएका थिए । त्यसपछि स्वारेज पनि घाइते भएका छन् । मेस्सी अहिले मैदान फर्किने तयारीमा छन् भने स्वारेज ढेड महिना मैदानबाहिरै रहनेछन् ।

मेस्सी पूर्ण रूपमा फिट भइनसकेको अवस्थामा स्वारेज र डेम्बेले पनि घाइते भएपछि बार्सिलोनाको आक्रमण लाइन समस्यामा परेको छ । प्रशिक्षक अर्नेस्टो भाभ्ल्र्डेलाई यसले तनाव दिने पक्का छ ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०१:१९
Loading...