बार्सिलोनाबाट ‘लखेटिएका’ स्वारेज युभेन्टस अनुबन्ध नजिक

एजेन्सी, भदौ १७
स्पेनिस क्लब बार्सिलोनाका उरुग्वेन फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्टस अनुबन्ध नजिक पुगेका छन् । इटालियन र स्पेनिस मिडियाका अनुसार दुई क्लबबीच सरुवाका लागि मोटामोटी सहमति बनेको छ । यसै सातामा युभेन्टसले ३३ वर्षीय स्वारेज अनुबन्धको घोषणा गर्ने सम्भावना छ ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले बढ्दो उमेरका स्वारेजलाई नयाँ सिजन टोलीमा नराख्ने भएपछि उनले क्लब छाड्ने भएका हुन् । बार्सिलोनाले स्वारेजसँगको एक वर्षको बाँकी सम्झौता खारेज गरेपछि उनले फ्रि ट्रान्सफरमा जान बाटो पाएका हुन् । यसको अर्थ युभेन्टसले स्वारेजलाई सरुवा फी नतिरी अनुबन्ध गर्नेछ ।

युभेन्टसका उपप्रमुख पाभेल नेभेद र स्वारेजका एजेन्टबीच दोस्रो चरणको छलफल पूरा भइसकेको छ । नेभेदसँग स्वारेजको व्यक्तिगत सम्बन्ध राम्रो रहेकाले स्वारेजको युभेन्टस सरुवाको हुने भएको हो । अनुभवी फरवार्डलाई फ्रि ट्रान्सफरमा पाउँदा युभेन्टस स्वारेज भित्र्याउन सबैभन्दा अगाडि देखिएको हो ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०४:५५
Loading...