यी ६ चिज, अरूलाई उपहारका रूपमा कहिल्यै नदिनुहोस्

विभिन्न अवसर र सन्दर्भमा मानिसले साथीभाइ, आफन्त वा परिवारका सदस्यलाई उपहार दिने गर्छन् । उपहार लिने र दिने चलन नै हो । तर, कस्ता चिज उपहारमा दिनुहुँदैन भन्ने विषयमा सबैलाई जानकारी हुँदैन । यहाँ त्यसबारे चर्चा गरिएको छ ।

१. भनिन्छ– रुमाल कल्यिै पनि उपहारमा दिनुहुँदैन । यसले उपहार लिने र दिनेबीच झगडा सिर्जना गराउँछ । यदि कसैले रुमाल दिएमा नलिईकन उसको हातमा एउटा सिक्का राखिदिनुपर्छ भन्ने मान्यता छ ।

२. आफूले पूजा गर्ने देवी–देवताको मूर्ति, फोटो कल्यिै पनि अरूलाई दिनुहुँदैन । यसले नकारात्मक असर पार्ने विश्वास गरिन्छ ।

३. पानीसँग सम्बन्धित कुनै पनि चिज उपहारमा दिनुहुँदैन । जस्तैः एक्वारियम, बोतल, जग आदि । यस्ता चिज उपहार घरमा धनसम्पत्तिको योग नरहने विश्वास गरिन्छ ।

४. आफ्नो व्यवसायसँग सम्बन्धित कुनै कुरा उपहारमा दिनु राम्रो मानिँदैन । जस्तो कि– यदि कसैको कलमको व्यापार छ भने कलम उपहारमा कहिल्यै दिनहुँदैन । यसो गर्दा व्यवसाय घाटामा जान थाल्छ ।

५. तीखा चिजहरू चक्कु, कैंची, रेजर उपहार दिनुहुँदैन । दिएमा परिवारमा रोग आउने विश्वास गरिन्छ ।

६. हामीले हातमा लगाउने वा घरमा राख्ने घडी समयको प्रतीक हो । यसको महत्त्व अमूल्य छ । यदि तपाईं कसैलाई घडी उपहारमा दिनुहुन्छ भने तपाईं आफ्नो बहुमूल्य समय कसैलाई दिँदैहुनुहुन्छ । त्यसैले घडी कसैलाई पनि उपहारमा नदिनुहोस् !

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०१:३०
Loading...