हामीले देख्ने सपनाबारे १२ आश्चार्यजनक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन

निदाएको समयमा हामी सबै सपना देख्छौं । वैज्ञानिक तथ्यअनुसार ३ वर्षभन्दा बढी उमेरका सबै मानिसले सपना देख्ने गर्छन् । दिनमा होस् वा रातमा, यी दुवै समयमा मानिस निदाउँदा सपना देख्छन् । यहाँ त्यही सपनाबारे केहशी रोचक तथ्य प्रस्तुत गरिएको छ ।

१. मानिसलाई कहिल्यै पनि याद हुँदैन कि– सपना कहाँबाट सुरु भएको थियो ।

२. जसको दिमाग तेज हुन्छ, उनीहरूले धेरै नै सपना देख्ने गर्छन् ।

३. भर्खर जन्मेका वा ३ वर्षसम्मका बच्चाहरूले सपना देख्दैनन् ।

४. जन्मजात दृष्टिविहीनहरूले सपना देख्छन् । तिनीहरू सपनामा सुगन्ध र दुर्गन्ध अनुभूत गर्न सक्छन् । र, आवाज पनि सुन्न सक्छन् ।

५. हामी सपनामा तिनीहरूलाई मात्र देख्छौं, जसलाई हामीले वास्तविक जीवनमा देखेका छौं । आफूले कहिल्यै नदेखेकालाई मानिसले सपनामा देख्दैनन् ।

६. मान्छेहरू जो सपना देख्दैनन्, तिनीहरूलाई ‘पर्सनालिटी डिसअर्डर’ नामक रोग हुन्छ । अर्थात्, हरेक स्वस्थ मानिसले सपना देख्नैपर्छ ।

७. यदि तपाईं कसैको बारेमा खुलेको आँखाले सपना देख्नुहुन्छ भने तपाईं उसलाई याद गरिरहनुभएको छ ।

८. सुतेको अवस्थामा निन्द्राबाट ब्युँझेको १० मिनेटभित्र मानिसले ९० प्रतिशत सपना बिर्सिसकेका हुन्छन् ।

९. सपना मानिसले मात्रै हैन, जनावरले देख्न सक्छन् ।

१०. हामी सपनामा पढ्न सक्दैनौं । र, सपनामा देख्ने घडीको समय पनि हेर्न सक्दैनौं ।

११. धेरैलाई पत्यार नलाग्न सक्छ कि– एक व्यक्तिले आफ्नो जीवनको कूल आयुमध्ये ६ वर्ष सपना हेरेर नै बिताउँछ ।

१२. सुन्दा हाँसो लाग्न सक्छ । तर, यो साँचो हो कि– जबसम्म रंगीन टिभी आएको थिएन, धेरैले आफ्नो सपना ब्ल्याक एन्ड ह्वाइटमा देख्ने गर्थे ।

***

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १०:१७
Loading...