सिल्भालाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, भदौ १६
स्पेनिस क्लब रियल सोसिडाडका नयाँ खेलाडी डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साता मात्रै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट फ्रि ट्रान्सफरमा सोसिडाड आइपुगेका ३४ वर्षीय स्पेनिस खेलाडीमा कोरोना देखिएको क्लबले पुष्टि गरेको छ ।

क्लबका अनुसार सिल्भामा कोरोनाको लक्षण भने देखिएको छैन । साथै, उनलाई संक्रमण पुष्टि हुनासाथ होम आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनमा लक्षण नदेखिएको र उनले नयाँ सहकर्मीसँग हालसम्म भेटघाट नगरेकाले अन्य खेलाडीको कोरोना जाँच भने गर्नुपर्ने छैन ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०४:५८
Loading...