बार्यनले गेनाब्रीलाई दियो ७ नम्बर जर्सी

एजेन्सी, भदौ १६
जर्मन क्लब बार्यन म्युनिखले क्लबको आइकोनिक ७ नम्बर जर्सी स्टार फरवार्ड सेर्गे गेनाब्रीलाई दिने निर्णय गरको छ । क्लबले औपचारिक रूपमा सो जर्सी नयाँ सिजनमा जर्मन खेलाडी गेनाब्रीले लगाउने घोषणा गरेको हो । यसअघि ७ नम्बर जर्सी लिजेन्ड खेलाडी फ्रान्क रिबेरीले लगाउँदै आएका थिए ।

तर, रिबेरीले गत सिजन नै क्लब छाडेकाले ७ नम्बर जर्सी खाली थियो । र, सो जर्सी अब गेनाब्रीले लगाउनेछन् । २५ वर्षका गेनाब्री पछिल्लो समय शानदार लयमा खेलिरहेकाले उनलाई सम्मानित ७ नम्बर जर्सी दिइने भएको हो । यसअघि उनले २२ नम्बर जर्सी लगाउँथे ।

भर्खरै सकिएको सिजन गेनाब्रीले कूल ४६ खेल खेल्दै २३ गोल गरेका थिए । जसमा उनले बुन्डेसलिगामा ३१ खेलबाट १२ गोल गरे भने च्याम्पियन्स लिगमा १० खेलबाट ९ गोल गरेका थिए ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०४:३७
Loading...